तस्करी हुने सुपारी, मरिच र केराउ उद्योगले मात्र आयात गर्ने गरी खुला
२६ फागुन, काठमाडौं । सरकारले उद्योगका लागि सुपारी, मरिच र केराउको आयात खुलाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै उद्योगका लागि ती वस्तुको आयात खुलाएको हो । लामो समयदेखि तस्करी हुँदै आएको उल्लेखित वस्तुको आयात व्यापारीहरूको चलखेलमा खुला गरिएको हो ।
अब वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको लागि ती वस्तुको आयात गर्न स्वीकृति दिनेछ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला धमाधम करिब १५ सयभन्दा बढी वस्तुको आयातमा कडाई गरिररहेका बेला सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै यी वस्तुको आयात भने खुला गरेको हो ।
हालै राष्ट्र बैंकले सुन दैनिक आयात हुने कोटा समेत २० किलोबाट घटाएर १० मा सीमित गरेको छ । अन्य कतिपय वस्तु आयातका लागि एलसी खोल्दा नै निश्चित मार्जिन रकम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply