गठबन्धनप्रति ओलीको कटाक्ष : – सर्वोच्चमा गोरुले गठबन्धनरुपी पाँचवटा बाच्छा जन्मायो

२७ फागुन, पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको परमादेशी सरकारले जनादेशको मजाक उडाएको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको सेटिङमा आफ्नो सरकार ढालिएको आरोप लगाए । परमादेश सरकारले जनादेशको मजाक उडायो । ओलीको सरकार ढाल्नु पर्छ भनेर गरेको सेटिङ न्यायाधीशले अमेरिकाबाट लेखेको इमेलले पुष्टि गरेको छ, उनले भने, संविधान बाहिर गएर पनि ओलीको सरकार ढालिएको छ भन्दैछन् । जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छन् न्यायाधीशहरूले ।
उनले जनादेशी सरकार ढाल्न सर्वोच्च अदालतमा गोरु ब्याएको पनि बताए । सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँच वटा बाछा पनि पायो , पाँच दलीय गठबन्धनतिर लक्षित गर्दै उनले भने, गठबन्धन भन्नेहरु देशमा अस्थिरता ल्याउन लागेका छन् ।
अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको बताउँदै आफूहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको पनि बताए । ओलीले गुमेको जमिन फिर्ता ल्याउने बताउँदै अबको निर्वाचनबाट गठबन्धनलाई पछार्ने पनि उल्लेख गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply