गठबन्धनप्रति ओलीको कटाक्ष : – सर्वोच्चमा गोरुले गठबन्धनरुपी पाँचवटा बाच्छा जन्मायो
२७ फागुन, पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको परमादेशी सरकारले जनादेशको मजाक उडाएको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको सेटिङमा आफ्नो सरकार ढालिएको आरोप लगाए । परमादेश सरकारले जनादेशको मजाक उडायो । ओलीको सरकार ढाल्नु पर्छ भनेर गरेको सेटिङ न्यायाधीशले अमेरिकाबाट लेखेको इमेलले पुष्टि गरेको छ, उनले भने, संविधान बाहिर गएर पनि ओलीको सरकार ढालिएको छ भन्दैछन् । जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छन् न्यायाधीशहरूले ।
उनले जनादेशी सरकार ढाल्न सर्वोच्च अदालतमा गोरु ब्याएको पनि बताए । सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँच वटा बाछा पनि पायो , पाँच दलीय गठबन्धनतिर लक्षित गर्दै उनले भने, गठबन्धन भन्नेहरु देशमा अस्थिरता ल्याउन लागेका छन् ।
अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको बताउँदै आफूहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको पनि बताए । ओलीले गुमेको जमिन फिर्ता ल्याउने बताउँदै अबको निर्वाचनबाट गठबन्धनलाई पछार्ने पनि उल्लेख गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply