गौतमबुद्ध विमानस्थलमा बैसाख १ गते निगमको परीक्षण उडान
१ चैत, बुटवल । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट विमानस्थल उद्घाटन गराउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना यस विमानस्थलमा हालसम्म कुवेतको जजिरा एयरवेजले नियमित उडानका लागि निवेदन दिइसकेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार सम्भवतः जजिरा एयरवेजले नै यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्नेछ ।
जजिराले आउँदो बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते कुवेत-भैरहवा-कुवेत उडान गर्नेछ । जजिराले सातै दिन उडानका लागि प्राधिकरणमा निवेदन दिएको छ । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि नेपालमा उडान भर्दै आएका अरू विमान कम्पनीहरूले पनि इच्छा देखाएका छन् । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार पाँच/सात विमान कम्पनीहरूले उडानका लागि छलफल गरिरहेका छन् ।
उनले जजिरासहित नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्ने बताए । नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्छ । अन्य विभिन्न विमान कम्पनीहरू पनि सम्पर्कमा आएका छन्, उनले भने, पाँच/सात विमान कम्पनीहरूले कुराकानी गरिरहेका छन् । विस्तारै औपचारिक रूपमा नै निवेदन आउँछन् ।
प्राधिकरणका उपमहानिर्देश एवं प्रवक्ता देवचन्द्रलाल कणर्ले विमानस्थल सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको बताए । क्यालिब्रेसन फ्लाइट सफलतापूर्वक सम्पन्न भइसकेको छ । अब विमानस्थल सञ्चालन गर्ने काम मात्रै बाँकी छ, उनले भने ।
उनका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ देखि विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ । विमानस्थलमा वैशाख ७ देखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने/नगर्ने कुनै निणर्य गरिसकेको छैन । तर, प्राधिकरणका महानिर्देशक अधिकारीले भने नेपाल एयरलाइन्सले पनि उडान गर्ने विश्वास व्यक्त गरे । निगमका अधिकारीहरूले यो विमानस्थलबाट उडान सञ्चालनबारे आन्तरिक रूपमा छलफल गरिरहेको बताए ।
निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विषयमा हालसम्म कुनै निणर्य गरेको छैन । तर, अध्ययनको काम गरिरहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
एयरलाइन्सले बजार, प्राविधिक पक्ष, आर्थिक पक्ष, व्यावहारिक पक्षलगायत सबै पक्ष हेरेर अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै उडानबारे निणर्य गर्ने उनले बताए ।
यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चार लाख छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४०० यात्रु ह्यान्डलिङ गर्न सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हाल आन्तरिक उडान हुँदै आएको ‘रन वे’ ट्याक्सी वे बन्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply