गौतमबुद्ध विमानस्थलमा बैसाख १ गते निगमको परीक्षण उडान
१ चैत, बुटवल । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट विमानस्थल उद्घाटन गराउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजना यस विमानस्थलमा हालसम्म कुवेतको जजिरा एयरवेजले नियमित उडानका लागि निवेदन दिइसकेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार सम्भवतः जजिरा एयरवेजले नै यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्नेछ ।
जजिराले आउँदो बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते कुवेत-भैरहवा-कुवेत उडान गर्नेछ । जजिराले सातै दिन उडानका लागि प्राधिकरणमा निवेदन दिएको छ । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि नेपालमा उडान भर्दै आएका अरू विमान कम्पनीहरूले पनि इच्छा देखाएका छन् । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार पाँच/सात विमान कम्पनीहरूले उडानका लागि छलफल गरिरहेका छन् ।
उनले जजिरासहित नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्ने बताए । नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्छ । अन्य विभिन्न विमान कम्पनीहरू पनि सम्पर्कमा आएका छन्, उनले भने, पाँच/सात विमान कम्पनीहरूले कुराकानी गरिरहेका छन् । विस्तारै औपचारिक रूपमा नै निवेदन आउँछन् ।
प्राधिकरणका उपमहानिर्देश एवं प्रवक्ता देवचन्द्रलाल कणर्ले विमानस्थल सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको बताए । क्यालिब्रेसन फ्लाइट सफलतापूर्वक सम्पन्न भइसकेको छ । अब विमानस्थल सञ्चालन गर्ने काम मात्रै बाँकी छ, उनले भने ।
उनका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ देखि विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ । विमानस्थलमा वैशाख ७ देखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने/नगर्ने कुनै निणर्य गरिसकेको छैन । तर, प्राधिकरणका महानिर्देशक अधिकारीले भने नेपाल एयरलाइन्सले पनि उडान गर्ने विश्वास व्यक्त गरे । निगमका अधिकारीहरूले यो विमानस्थलबाट उडान सञ्चालनबारे आन्तरिक रूपमा छलफल गरिरहेको बताए ।
निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विषयमा हालसम्म कुनै निणर्य गरेको छैन । तर, अध्ययनको काम गरिरहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
एयरलाइन्सले बजार, प्राविधिक पक्ष, आर्थिक पक्ष, व्यावहारिक पक्षलगायत सबै पक्ष हेरेर अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै उडानबारे निणर्य गर्ने उनले बताए ।
यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चार लाख छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४०० यात्रु ह्यान्डलिङ गर्न सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हाल आन्तरिक उडान हुँदै आएको ‘रन वे’ ट्याक्सी वे बन्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply