कम्युनिष्टमध्ये होइन, एमाले नेपालकै ठूलो पार्टी हो : ओली

९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् । आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ देखि समाजवादसम्म पुग्ने अभिभारा एमालेसँग रहेको बताएका हुन् ।
एमालेसँग आजका समस्या र चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा रहेको ओलीले धारणा राखे । उनले भने, जनताको अभिमतबाट अभिभारा पूरा गर्न सक्ने भएकाले निर्वाचनबाट बहुमत ल्याउनु पर्छ ।
उनले एमाले कम्युनिष्ट पार्टीमध्ये मात्र नभएर देशकै सबैभन्दा ठूलो पार्टी भएको स्पष्ट पारे । उनले केन्द्रीय कमिटी बैठकपश्चात नयाँ उत्साह साथ जनतामाझ जानुपर्ने बताए । केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशको संगठनात्मक कामको अवस्था, जिल्लाको शक्ति सन्तुलनको स्थिति र निर्वाचनको तयारी तथा सम्भावनाबारे जानकारी गराउने छन् । केन्द्रीय कार्यालयको तर्फबाट महासचिव शंखर पोखरेलले विभाग, जनसंगठन, आयोग र कार्यालयसहित समग्र पार्टी कामको रिपोर्टिङ प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
सत्ता पक्षको अनिच्छा रहँदारहँदै एमालेको दबाबले स्थानीय तहको निर्वाचनको मिति तय गरेर प्रक्रिया अघि बढेको, पार्टीको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र ठाँउ ठाउँमा पार्टी प्रवेशको लहरै चलेकाले समग्र विषयवस्तुलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply