कम्युनिष्टमध्ये होइन, एमाले नेपालकै ठूलो पार्टी हो : ओली
९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् । आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ देखि समाजवादसम्म पुग्ने अभिभारा एमालेसँग रहेको बताएका हुन् ।
एमालेसँग आजका समस्या र चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा रहेको ओलीले धारणा राखे । उनले भने, जनताको अभिमतबाट अभिभारा पूरा गर्न सक्ने भएकाले निर्वाचनबाट बहुमत ल्याउनु पर्छ ।
उनले एमाले कम्युनिष्ट पार्टीमध्ये मात्र नभएर देशकै सबैभन्दा ठूलो पार्टी भएको स्पष्ट पारे । उनले केन्द्रीय कमिटी बैठकपश्चात नयाँ उत्साह साथ जनतामाझ जानुपर्ने बताए । केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशको संगठनात्मक कामको अवस्था, जिल्लाको शक्ति सन्तुलनको स्थिति र निर्वाचनको तयारी तथा सम्भावनाबारे जानकारी गराउने छन् । केन्द्रीय कार्यालयको तर्फबाट महासचिव शंखर पोखरेलले विभाग, जनसंगठन, आयोग र कार्यालयसहित समग्र पार्टी कामको रिपोर्टिङ प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
सत्ता पक्षको अनिच्छा रहँदारहँदै एमालेको दबाबले स्थानीय तहको निर्वाचनको मिति तय गरेर प्रक्रिया अघि बढेको, पार्टीको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र ठाँउ ठाउँमा पार्टी प्रवेशको लहरै चलेकाले समग्र विषयवस्तुलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा संसदभित्र एमालेले विरोध जारी रहँदारहँदै एमसीसी पारित गरिएको, प्रधानन्यायाधीशविरुद्धको महाभियोग छलफलमा जाँदै गरेको, सरकार अकर्मण्य बनेको, अर्थतन्त्र लथालिङ्ग हुँदै भएकाले सरकारको समग्र कामको समीक्षासहित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply