आफ्नो शक्तिमा भर नभएकाले मात्र निर्वाचनमा गठबन्धन गर्छन् : ईश्वर पोखरेल

१० चैत,काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जित्ने र टिक्के कार्यकर्तालाई एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने बताएका छन् । केन्द्रीय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै पोखरेलले सिंगो पार्टीपंक्ति परिचालित गरेर अघि बढने बताए ।
बिहीबार पत्रकारसँग कुरा गर्दै पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि खालको गठबन्धन नबनाउने पनि बताए । उनले एमालेलाई निर्वाचन जित्न बैसाखी आवश्यक नरहेको जिकिर गरे ।
आफ्नो शक्तिमाथि भर नभएकाले मात्रै निर्वाचनमा गठबन्धन गर्ने उनको दाबी छ । उद्यपि उनले स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने बताए । केन्द्रीय तहमा भने कुनै पनि प्रकारको गठबन्धन नबनाउने उनले बताए । आगामी निर्वाचन परामादेश र जनतादेशको लडाइँ भएको उनको तर्क छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply