आफ्नो शक्तिमा भर नभएकाले मात्र निर्वाचनमा गठबन्धन गर्छन् : ईश्वर पोखरेल
१० चैत,काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जित्ने र टिक्के कार्यकर्तालाई एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने बताएका छन् । केन्द्रीय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै पोखरेलले सिंगो पार्टीपंक्ति परिचालित गरेर अघि बढने बताए ।
बिहीबार पत्रकारसँग कुरा गर्दै पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पनि खालको गठबन्धन नबनाउने पनि बताए । उनले एमालेलाई निर्वाचन जित्न बैसाखी आवश्यक नरहेको जिकिर गरे ।
आफ्नो शक्तिमाथि भर नभएकाले मात्रै निर्वाचनमा गठबन्धन गर्ने उनको दाबी छ । उद्यपि उनले स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने बताए । केन्द्रीय तहमा भने कुनै पनि प्रकारको गठबन्धन नबनाउने उनले बताए । आगामी निर्वाचन परामादेश र जनतादेशको लडाइँ भएको उनको तर्क छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply