सर्वोच्चमा असन्तुष्ट डीआइजीको रिट, बढुवा भएकै दिन तीन एआईजीलाई दर्ज्यानी चिन्ह

१७ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गरेकै दिन प्रहरी प्रधान कार्यालयमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी बढुवाको निर्णय गरेको थियो।
वसन्त कुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन्।
उनीहरुले बिहीबारै अपरान्ह प्रहरी प्रधान कार्यालयमा एआईजीको दर्ज्यानी चिन्ह लगाएका हुन्।
यता बढुवाविरुद्ध असन्तुष्ट तीन डीआईजीले बिहीबारै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्चले रिटमाथि सुनुवाइ गर्नु पहिले नै प्रहरी महानिरीक्षकले शैलेश थापाले चलाखी अपनाउँदै उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए।
मन्त्रि परिषद्को निर्णय भएको केही घण्टामै सर्वोच्चले छेक्ने डरले उनीहरुलाई दर्ज्यानी चिन्ह दिइएको हो।
यसअघि तीन डीआईजीले बढुवा सिफारिसविरुद्ध उजुरी सुनुवाइ समितिमा उजुरी गरेका थिए।
तर समितिले बढुवा सिफारिस समितिकै निर्णय सदर गरेको थियो। त्यसपछि उनीहरु बिहीबार सर्वोच्च पुगेका छन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply