सर्वोच्चमा असन्तुष्ट डीआइजीको रिट, बढुवा भएकै दिन तीन एआईजीलाई दर्ज्यानी चिन्ह
१७ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गरेकै दिन प्रहरी प्रधान कार्यालयमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी बढुवाको निर्णय गरेको थियो।
वसन्त कुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन्।
उनीहरुले बिहीबारै अपरान्ह प्रहरी प्रधान कार्यालयमा एआईजीको दर्ज्यानी चिन्ह लगाएका हुन्।
यता बढुवाविरुद्ध असन्तुष्ट तीन डीआईजीले बिहीबारै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्चले रिटमाथि सुनुवाइ गर्नु पहिले नै प्रहरी महानिरीक्षकले शैलेश थापाले चलाखी अपनाउँदै उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए।
मन्त्रि परिषद्को निर्णय भएको केही घण्टामै सर्वोच्चले छेक्ने डरले उनीहरुलाई दर्ज्यानी चिन्ह दिइएको हो।
यसअघि तीन डीआईजीले बढुवा सिफारिसविरुद्ध उजुरी सुनुवाइ समितिमा उजुरी गरेका थिए।
तर समितिले बढुवा सिफारिस समितिकै निर्णय सदर गरेको थियो। त्यसपछि उनीहरु बिहीबार सर्वोच्च पुगेका छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply