मन्त्रिपरिषद बैठक बस्दै

२४ चैत,काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै विभिन्न निणर्य र नियुक्तिहरु गर्ने बुझिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । निर्वाचन आचारसंहिता तयार भए पनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन ।
आयोगले चैत २५ अर्थात भोलि शुक्रबारबाट लागू हुने गरी आचारसंहिता जारी गर्ने तयारी अगाडि बढाएको छ । आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवालगायतका काम गर्न पाइने छैन । त्यसैले आज बस्ने बैठकले ठूलो संख्यामा नियुक्तिहरुको निणर्य गर्नसक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply