एमाले महासचिवसहितको टोली निर्वाचन आयोग जाँदै, ज्ञापनपत्र बुझाउने
२४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितको एउटा टोली निर्वाचन आयोग जाने भएको छ।
बिहीबार दिउँसो १ बजे महासचिव पोखरेलसहितका नेताहरु आचारसहिंताबारे ध्यानाकर्षण गराउन आयोगमा जान लागेको हो।
महासचिव पोखरेलसँग कानुन विभाग प्रमुख रमेश बडाल, निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरु जाने भएका छ्न।
उनीहरुले निर्वाचन आचारसंहिताबारे आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने भएका छन्।
एमालेले यसअघि मंगलबार भएको छलफलमा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो।
आयोगको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले चर्को विरोध गरेपछि अवस्था तनावपूर्ण भएको भन्दै एमालेले हस्ताक्षर गर्न मानेको थिएन।
आयोगले आचारसिंहताबारेमा राजनीतिक दलहरूबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्नका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार बोलाएको थियो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply