एमाले महासचिवसहितको टोली निर्वाचन आयोग जाँदै, ज्ञापनपत्र बुझाउने
२४ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितको एउटा टोली निर्वाचन आयोग जाने भएको छ।
बिहीबार दिउँसो १ बजे महासचिव पोखरेलसहितका नेताहरु आचारसहिंताबारे ध्यानाकर्षण गराउन आयोगमा जान लागेको हो।
महासचिव पोखरेलसँग कानुन विभाग प्रमुख रमेश बडाल, निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरु जाने भएका छ्न।
उनीहरुले निर्वाचन आचारसंहिताबारे आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने भएका छन्।
एमालेले यसअघि मंगलबार भएको छलफलमा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो।
आयोगको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले चर्को विरोध गरेपछि अवस्था तनावपूर्ण भएको भन्दै एमालेले हस्ताक्षर गर्न मानेको थिएन।
आयोगले आचारसिंहताबारेमा राजनीतिक दलहरूबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्नका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार बोलाएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply