झारफुकका क्रममा महिलाको ‘शंकास्पद’ मृत्युु, धामी-झाँक्रीसहित सात जना पक्राउ

३ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका-७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आँगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
‘हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आँगनबाट मृतकको शव बरामद गरेका छौँ, शाहले सुनाए, ‘घटना शंकास्पद भएकाले सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।
शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामीझाँक्रीसहित सात जना स्थानीय छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका-१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुसँगै साउदका परिवारका सदस्यहरु समेत पक्राउ परेका हुुन् । तर प्रहरीले उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन । ‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा उहाँहरुलाई पक्राउ गरिएको हो,’ डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र थप कुरा थाहा हुन्छ ।’
महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।
घटनास्थलमा पुगेका वेदकोट नगरपालिका-६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको जानकारी दिए । ‘स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृत्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घटनास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका सात वटा डन्डी (रड) भेटिएका छन् ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply