झारफुकका क्रममा महिलाको ‘शंकास्पद’ मृत्युु, धामी-झाँक्रीसहित सात जना पक्राउ
३ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका-७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आँगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
‘हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आँगनबाट मृतकको शव बरामद गरेका छौँ, शाहले सुनाए, ‘घटना शंकास्पद भएकाले सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।
शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामीझाँक्रीसहित सात जना स्थानीय छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका-१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुसँगै साउदका परिवारका सदस्यहरु समेत पक्राउ परेका हुुन् । तर प्रहरीले उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन । ‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा उहाँहरुलाई पक्राउ गरिएको हो,’ डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र थप कुरा थाहा हुन्छ ।’
महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।
घटनास्थलमा पुगेका वेदकोट नगरपालिका-६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको जानकारी दिए । ‘स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृत्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घटनास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका सात वटा डन्डी (रड) भेटिएका छन् ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply