बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

४ वैशाख, सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् ।
स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।
राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्याएको उनले बताए । पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
शनिबार फिक्कल गाउँपालिका-१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । हाल कमलामाई नगरपालिका-५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।
कमलामाई नगरपालिका-४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा सृयासको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन् । पीडित पक्षले बालकको शव नबुझ्दा शव घनास्थलमै रहेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply