लोसपाबाट मेयरका लागि सिफारिस भएका साह एमालेमा प्रवेश

६ वैशाख, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सिफारिस भएका जानकीराम साह नेकपा एमाले मा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् । तत्कालीन राजपाबाट वडा नम्बर-७ को अध्यक्षमा विजयी भएका साह आज भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गरेका हुन् ।
लोसपाबाट जनकपुरधामको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र सञ्जयकुमार चौधरी मेयरका लागि सिफारिस भएका हुन् ।
एमालेले पनि मेयरका लागि एकल नाम सिफारिस गरिसकेको छ । एमालेबाट गएको साता व्यवसायी शिवशंकर साह (हिरा) को नाम सिफारिस भएको थियो । तर, साह एमाले प्रवेश गरेपछि हिरालाई टिकट दिने सम्भावना न्यून देखिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply