लोसपाबाट मेयरका लागि सिफारिस भएका साह एमालेमा प्रवेश
६ वैशाख, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सिफारिस भएका जानकीराम साह नेकपा एमाले मा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् । तत्कालीन राजपाबाट वडा नम्बर-७ को अध्यक्षमा विजयी भएका साह आज भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गरेका हुन् ।
लोसपाबाट जनकपुरधामको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र सञ्जयकुमार चौधरी मेयरका लागि सिफारिस भएका हुन् ।
एमालेले पनि मेयरका लागि एकल नाम सिफारिस गरिसकेको छ । एमालेबाट गएको साता व्यवसायी शिवशंकर साह (हिरा) को नाम सिफारिस भएको थियो । तर, साह एमाले प्रवेश गरेपछि हिरालाई टिकट दिने सम्भावना न्यून देखिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply