गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट उडान-अवतरण सुरु

८ वैशाख, काठमाडौं । निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो ।
यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ ।
सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
नयाँ प्रणालीले अब पुरानो धावनमार्गलाई चिन्दैन, उनले भने, सोही अनुसार आजबाट स्वभाविक रुपमा नयाँ धावनमार्ग प्रयोगमा ल्याइएको हो ।’
अब यो विमानस्थलमा आन्तरिक तथा बाहृय सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् । बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ ।
धावनमार्ग सञ्चालनमा ल्याएसँगै विमानस्थलको सबे प्रणाली सक्रिय बनेको छ । यद्दपी यो विमानस्थलको उद्घाटन भने आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तीमा गर्ने तयारी छ ।
यो दिन जजिरा एयरवेजले कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्नेछ । गौतमबुद्ध विमानस्थल नेपालको सबैभन्दा छिटो सम्पन्न भएको राष्ट्रिय गौरवको आयोजना बन्न सफल भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply