गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट उडान-अवतरण सुरु
८ वैशाख, काठमाडौं । निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आजबाट जहाजको उडान/अवतरण सुरु भएको छ । एरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो ।
यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधि ४२ दिनको राखिएको हुन्छ ।
सोही अनुसार नयाँ धावनमार्ग बिहीबारबाट सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
नयाँ प्रणालीले अब पुरानो धावनमार्गलाई चिन्दैन, उनले भने, सोही अनुसार आजबाट स्वभाविक रुपमा नयाँ धावनमार्ग प्रयोगमा ल्याइएको हो ।’
अब यो विमानस्थलमा आन्तरिक तथा बाहृय सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् । बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ ।
धावनमार्ग सञ्चालनमा ल्याएसँगै विमानस्थलको सबे प्रणाली सक्रिय बनेको छ । यद्दपी यो विमानस्थलको उद्घाटन भने आगामी २ जेठका दिन पर्ने बुद्ध जयन्तीमा गर्ने तयारी छ ।
यो दिन जजिरा एयरवेजले कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्नेछ । गौतमबुद्ध विमानस्थल नेपालको सबैभन्दा छिटो सम्पन्न भएको राष्ट्रिय गौरवको आयोजना बन्न सफल भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply