ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
११ वैशाख, ओखलढुङ्गा । नेकपा एमालेले ओखलढुङ्गा जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ ।
जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारहरुको नामावाली मध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवार टुंगो लगाएको हो ।
सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ, उपमेयरमा केदारबाबु बस्नेतले टिकट पाएका छन् । खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ र उपाध्यक्षमा अम्मता राईलाई टिकट दिइएको छ ।
चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्की उम्मेद्वार बन्ने छन् । चम्पादेवीको उपाध्यक्षमा सविला खतिवडालाई उम्मेदवार बनाउने वा अरु कसैलाई उठाउने भन्ने विषयमा छलफल भइरहेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ‘क’ का इन्चार्ज अम्बिरबाबु गुरुङले बताए ।
मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको इन्चार्ज गुरुङले जानकारी दिए ।
यसैगरी चिशंखुगढी गाउँपालिका अध्यक्षमा अशोक थापा र उपाध्यक्षमा सुस्मिता राईलाई उम्मेदवार बनाइएको छ।
७५ वटै वडाका वडा अध्यक्ष सहित सदस्यहरुको नाम टुङ्गो लागि सकेको नेकपा एमाले ओखलढुङ्गाका सचिव कमल प्रसाद न्यौपानेले जानकारी दिए ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply