चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

१८ वैशाख, चितवन । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।
घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
यसअघि यही वैशाख १६ गते चितवनमै बाघको आक्रमणबाट एकजना माहुतेको पनि मृत्यु भएको थियो । १६ गते करिब साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) बाराको कोल्बी नगरपालिका–१ घर भएका करिब २२ वर्षीय रमेश चौधरी थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply