विप्लव पार्टीबाट निष्काशित, बास्तोलालाई तोकियो संयोजक
२१ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ ।
आज देखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो । भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिएका छन् । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बास्तोलालाई जिम्मेवारी दिइएको लोहनीले बताएका छन् ।
‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनु भयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जानु भयो । हामीले पार्टी निणर्यलाई समाएर बस्यौं । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने, हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्र बास्तोलालाई बनायौ ।
पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले दावी समेत गरे । भोलि सकिने ओली-बाँस्तोला पक्षको भेलाले पार्टीका सबै निणर्य सार्वजनिक गर्ने भएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहेको दाबी गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply