५ जेष्ठ २०७९, बिहीबार ०२:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी

५ जेठ, काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका नरुलाल चौधरी प्रमुखमा विजयी भएका छन्।
उपमेयरमा पनि एमालेकै हुमा डिसी निर्वाचित भएकी छन्।
चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा लाई ५ हजार ३६० मतान्तरले पराजित गरेका छन्।
मेयरमा निर्वाचित चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत ल्याए। ०७४ को निर्वाचनमा पनि उनी काँग्रेका भुपबहादुर डाँगी लाई हराउदै विजय भएका थिए।
डाँगी अहिले उपमेयरमा एमालेकी डिसीसँग ४९ मतले पराजित भएका छन्।
डिसीले ३० हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्। पाँच दलिय गठबन्धनलाई हराउँदै नेकपा एमाले नगरप्रमुख र उपप्रमुखसहित १३ वटा वडामा विजयी भएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply