मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

१३ जेठ, काठमाडौं । मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता जनाएका छन् ।
धन्यवाद र्याली शुरु हुनुअघि राष्ट्रिय सभागृहमा बालेनले काठमाडौंलाई संसारकै नमूना शहरका रूपमा विकास गर्ने बाचा गरे । यसका लागि सम्बन्धित सबै पक्षसँग प्रभावकारी समन्वय गर्ने बालेनको भनाइ छ । उनले काठमाडौं महानगरपालिकाको मेयरमै प्रतिस्पर्धा गरेका सुमन सायमी छेउमै थिए । उनीहरू एउटै गाडीमा चढेर धन्यवाद र्यालीमा सहभागी थिए ।
नव निर्वाचित मेयर बालेनले भने, ‘शुरुवातको रूपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभएर कार्यको शुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रूपमा लिएका छौं । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौं ।’
काठमाडौं महानगरपालिकामा भौतिक पूर्वाधार निर्माणको योजनासँगै यहाँ सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने काम शुरुआती चरणमा गर्ने उनको योजना छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मत सम्भार गर्दै शहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्नु पनि उनको सुआती कामभित्र पर्नेछ ।
बालेनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घकालीन समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता मुद्दामा काम गर्ने बताए ।
३२ वर्षीय बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै संघीय राजधानी काठमाडौँको महानगर प्रमुख पद जितेका हुन् । उनले ६१ हजार ७६७ मत पाए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply