मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’
१३ जेठ, काठमाडौं । मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता जनाएका छन् ।
धन्यवाद र्याली शुरु हुनुअघि राष्ट्रिय सभागृहमा बालेनले काठमाडौंलाई संसारकै नमूना शहरका रूपमा विकास गर्ने बाचा गरे । यसका लागि सम्बन्धित सबै पक्षसँग प्रभावकारी समन्वय गर्ने बालेनको भनाइ छ । उनले काठमाडौं महानगरपालिकाको मेयरमै प्रतिस्पर्धा गरेका सुमन सायमी छेउमै थिए । उनीहरू एउटै गाडीमा चढेर धन्यवाद र्यालीमा सहभागी थिए ।
नव निर्वाचित मेयर बालेनले भने, ‘शुरुवातको रूपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभएर कार्यको शुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई सम्पन्न गर्नेछौँ । काठमाडौंलाई परिवारको रूपमा लिएका छौं । विश्वकै सुन्दर शहर बनाउनका लागि सहकार्य गर्नेछौं ।’
काठमाडौं महानगरपालिकामा भौतिक पूर्वाधार निर्माणको योजनासँगै यहाँ सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने काम शुरुआती चरणमा गर्ने उनको योजना छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मत सम्भार गर्दै शहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्नु पनि उनको सुआती कामभित्र पर्नेछ ।
बालेनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घकालीन समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता मुद्दामा काम गर्ने बताए ।
३२ वर्षीय बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै संघीय राजधानी काठमाडौँको महानगर प्रमुख पद जितेका हुन् । उनले ६१ हजार ७६७ मत पाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply