आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिंदै

१५ जेठ, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसदमा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निणर्यार्थ पेस गरेका थिए ।
शनिबारै सभामुखले निणर्यार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply