आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिंदै
१५ जेठ, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसदमा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निणर्यार्थ पेस गरेका थिए ।
शनिबारै सभामुखले निणर्यार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply