मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, देउवाले जुटाए गठबन्धनमा सहमति
![मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, देउवाले जुटाए गठबन्धनमा सहमति मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, देउवाले जुटाए गठबन्धनमा सहमति](https://ebudhabar.com/wp-content/uploads/2022/06/gathabandan-baithan-16-jestha-1024x426.jpg)
२३ जेठ, काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् ।
नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट बजेट पारित हुनै बाँकी रहेको, लोसपा लगायतका दलसँगपनि छलफल भइरहेको तथा केही आन्तरिक तयारी गर्नुपर्ने लगायतका कारण देखाउँदै केही समय पर्खिदिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।
‘प्रधानमन्त्रीले तत्कालै नगरौ भन्नुभएको छ । यसको मतलाई आजैभोलिमा चैँ मन्त्रिपरिषद् पुनगर्ठन नगर्ने तर आवश्यकता अनुसार पछि गर्ने भन्ने हो’, गठबन्धनका एक नेताले भने ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply