मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, देउवाले जुटाए गठबन्धनमा सहमति
२३ जेठ, काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् ।
नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट बजेट पारित हुनै बाँकी रहेको, लोसपा लगायतका दलसँगपनि छलफल भइरहेको तथा केही आन्तरिक तयारी गर्नुपर्ने लगायतका कारण देखाउँदै केही समय पर्खिदिन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।
‘प्रधानमन्त्रीले तत्कालै नगरौ भन्नुभएको छ । यसको मतलाई आजैभोलिमा चैँ मन्त्रिपरिषद् पुनगर्ठन नगर्ने तर आवश्यकता अनुसार पछि गर्ने भन्ने हो’, गठबन्धनका एक नेताले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply