मेलम्चीवासीमा त्रास,गएरातिको वर्षाले फट्टेको पुल बगायो

२६ जेठ, सिन्धुपाल्चोक । गए राति परेको लगातारको वर्षाले मेलम्ची-११ फट्टेमा खोला तर्न ढलमाथि माटो हाली बनाइएको अस्थायी संरचना बगाएको छ । यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका-६ वडाका नागरिक प्रभावित भएका छन् ।
यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँचपोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन् । मेलम्ची नगरपालिकाले सकभर वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ । गत वर्ष असार १ मा आएको बाढीले यहाँको पुलहरू बगाएको थियो । उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ ।
मेयर तामाङका अनुसार यो वर्ष पनि गत वर्ष जस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको छ । यद्यपि मनसुन सक्रिय भइसकेका कारणले व्यवस्थित पुल तथा संरचना निर्माण भने असहज रहेको उनले बताएका छन् ।
हामी हेर्न जाँदैछौं, फट्टेको अस्थायी पुलचाहिँ जोखिमपू छ भन्ने खबर आएको छ, उनले भने, मेलम्ची तल्लो बजारको चाँही अहिले चल्न सक्छ । फट्टेको पुल केही दिन चल्न सक्ने गरी हामी मर्मत गर्नेछौं । गत वर्षको बाढीले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति गराएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply