मेलम्चीवासीमा त्रास,गएरातिको वर्षाले फट्टेको पुल बगायो
२६ जेठ, सिन्धुपाल्चोक । गए राति परेको लगातारको वर्षाले मेलम्ची-११ फट्टेमा खोला तर्न ढलमाथि माटो हाली बनाइएको अस्थायी संरचना बगाएको छ । यसले मेलम्ची हेलम्बु र पाँचपोखरीका-६ वडाका नागरिक प्रभावित भएका छन् ।
यस्तै मेलम्ची इन्द्रावती बाटोको ह्युमपाइपको माटो बगाउँदा मेलम्ची पाँचपोखरी इन्द्रावतीका बासिन्दा प्रभावित भएका छन् । मेलम्ची नगरपालिकाले सकभर वैकल्पिक बाटो अपनाउन अनुरोध गरेको छ । गत वर्ष असार १ मा आएको बाढीले यहाँको पुलहरू बगाएको थियो । उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ ।
मेयर तामाङका अनुसार यो वर्ष पनि गत वर्ष जस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको छ । यद्यपि मनसुन सक्रिय भइसकेका कारणले व्यवस्थित पुल तथा संरचना निर्माण भने असहज रहेको उनले बताएका छन् ।
हामी हेर्न जाँदैछौं, फट्टेको अस्थायी पुलचाहिँ जोखिमपू छ भन्ने खबर आएको छ, उनले भने, मेलम्ची तल्लो बजारको चाँही अहिले चल्न सक्छ । फट्टेको पुल केही दिन चल्न सक्ने गरी हामी मर्मत गर्नेछौं । गत वर्षको बाढीले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति गराएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply