एमालेले ४ सय ४५ जना जनप्रतिनिधिलाई के विषयमा प्रशिक्षण दिदैछ ?
३१ जेठ, काठमाडौं । नेकपा (एमाले) ले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण तथा अभिमुखिकरण दिने भएको छ । सोमबार सम्पन्न पार्टीको सचिवालय बैठकले काठमाडौंको राष्ट्रिय सभागृहमा असार २ र ३ गते जनप्रतिनिधीका निम्ति प्रशिक्षण तथा अभिमुखीकरणको कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सो कार्यक्रममा जनप्रतिनिधीहरुलाई स्थानीय तहका अधिकार र कार्यक्षेत्रका बारेमा, नीति कार्यक्रम र बजेट बनाउदा कसरी समाजवादका आधारहरु निर्माण गर्दै समृद्धिको आधारशिला निर्माण गर्ने भन्ने सम्वन्धमा, समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान पुर्याउने भन्ने बारेमा, पार्टी र जनप्रतिनिधिवीचको सम्बन्ध, जनप्रतिनिधी र जनतावीचको सम्वन्ध साथै जनप्रतिनिधी र अरु विभिन्न निकायवीचको सम्बन्ध र उहाँहरुको शैलीका बारेमा र अहिलेको राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षित गराईने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाो ।
एमालेले जितेको जितेका २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुख सहभागी हुने सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगयातका नेताले प्रशिक्षण दिनुहुने पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply