एमालेले ४ सय ४५ जना जनप्रतिनिधिलाई के विषयमा प्रशिक्षण दिदैछ ?

३१ जेठ, काठमाडौं । नेकपा (एमाले) ले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण तथा अभिमुखिकरण दिने भएको छ । सोमबार सम्पन्न पार्टीको सचिवालय बैठकले काठमाडौंको राष्ट्रिय सभागृहमा असार २ र ३ गते जनप्रतिनिधीका निम्ति प्रशिक्षण तथा अभिमुखीकरणको कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सो कार्यक्रममा जनप्रतिनिधीहरुलाई स्थानीय तहका अधिकार र कार्यक्षेत्रका बारेमा, नीति कार्यक्रम र बजेट बनाउदा कसरी समाजवादका आधारहरु निर्माण गर्दै समृद्धिको आधारशिला निर्माण गर्ने भन्ने सम्वन्धमा, समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान पुर्याउने भन्ने बारेमा, पार्टी र जनप्रतिनिधिवीचको सम्बन्ध, जनप्रतिनिधी र जनतावीचको सम्वन्ध साथै जनप्रतिनिधी र अरु विभिन्न निकायवीचको सम्बन्ध र उहाँहरुको शैलीका बारेमा र अहिलेको राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षित गराईने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाो ।
एमालेले जितेको जितेका २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुख सहभागी हुने सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगयातका नेताले प्रशिक्षण दिनुहुने पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।
सम्बन्धित समाचार
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
Leave a Reply