लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश

६ असार, काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।
यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो ।
बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।
१५ रनको लक्ष्य भेटाउने क्रममा नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाए भने नेपालले अतिरिक्त ८ रन पायो । बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एक/एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन १४ रनमा अलआउट भएको थियो । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन् भने सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply