लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश
६ असार, काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।
यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो ।
बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।
१५ रनको लक्ष्य भेटाउने क्रममा नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाए भने नेपालले अतिरिक्त ८ रन पायो । बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एक/एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन १४ रनमा अलआउट भएको थियो । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन् भने सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply