मूल्यवृद्धिबारे एमालेले माग्यो मन्त्रीको जवाफ, सभामुखले गरे रुलिङ

६ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका छन् । एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आज को बैठकमा एमाले सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् । मूल्यवृद्धि गरेर जनतालाई आहात दिइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन । यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ?, उनको माग थियो, ‘किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिनको निम्ति मन्त्रीलाई रुलिङ गर्नको निम्ती माग गर्दछु ।
त्यसपछि एमाले सांसदहरूले सिटबाट उठेर संसद् अवरोध गरेका थिए । त्यसपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मूल्यवृद्धिबारे जवाफ दिन रुलिङ गरेका थिए । त्यसपछि एमाले सांसदहरू आफ्नो सिटमा बसेर संसद् चल्न दिएका छन् ।
सम्बन्धित समाचार
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
Leave a Reply