चुनावी अन्तरघात छानविन गर्न एमालेले बनायो समिति
![चुनावी अन्तरघात छानविन गर्न एमालेले बनायो समिति चुनावी अन्तरघात छानविन गर्न एमालेले बनायो समिति](https://ebudhabar.com/wp-content/uploads/2022/06/CPN-UML-Party-office-Chysal-2-1024x683-1.jpg)
१९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल रण्नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा अनुशासनहीनता र अराजकताले पार्टी हारेको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले अन्तरघातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकालेको हो ।
बैठकले अन्तरघात छानविन गरेर दोषी देखिएकालाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
आन्तरिक समस्याहरू थिए, पार्टीभित्र जुन खालका अराजकता र अनुशासनहीनता देखिए त्यसले परिणामलाई हाम्रो अनुकूल हुन दिएन, निणर्य सुनाउँदै गुरुङले भने, आगामी दिनमा यो अनुशासनहीनता र अराजकताको अन्त्य गरेर चुस्त दुरुस्त निर्वाचनमा जाने निणर्य गरेको छ ।
उनकाअनुसार समितिले छानबिन गरेर कारबाही गर्ने छ । चुनावमा अन्तरघात गर्नेहरूउपर उजुरीहरू परेका छन् । ती उजुरी छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानबिन र कारबाही समिति गठन भएको छ, गुरुङले भने, यो समितिले प्रतिवेदन तयार पार्नेछ र आफै कारबाही गर्न सक्ने छ । समितिमा केन्द्रीय निर्वाचन विभाग र संगठन विभागका प्रमुखहरू रहने उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply