चुनावी अन्तरघात छानविन गर्न एमालेले बनायो समिति
१९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल रण्नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा अनुशासनहीनता र अराजकताले पार्टी हारेको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले अन्तरघातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकालेको हो ।
बैठकले अन्तरघात छानविन गरेर दोषी देखिएकालाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
आन्तरिक समस्याहरू थिए, पार्टीभित्र जुन खालका अराजकता र अनुशासनहीनता देखिए त्यसले परिणामलाई हाम्रो अनुकूल हुन दिएन, निणर्य सुनाउँदै गुरुङले भने, आगामी दिनमा यो अनुशासनहीनता र अराजकताको अन्त्य गरेर चुस्त दुरुस्त निर्वाचनमा जाने निणर्य गरेको छ ।
उनकाअनुसार समितिले छानबिन गरेर कारबाही गर्ने छ । चुनावमा अन्तरघात गर्नेहरूउपर उजुरीहरू परेका छन् । ती उजुरी छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानबिन र कारबाही समिति गठन भएको छ, गुरुङले भने, यो समितिले प्रतिवेदन तयार पार्नेछ र आफै कारबाही गर्न सक्ने छ । समितिमा केन्द्रीय निर्वाचन विभाग र संगठन विभागका प्रमुखहरू रहने उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply