चुनावी अन्तरघात छानविन गर्न एमालेले बनायो समिति
१९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल रण्नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा अनुशासनहीनता र अराजकताले पार्टी हारेको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले अन्तरघातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकालेको हो ।
बैठकले अन्तरघात छानविन गरेर दोषी देखिएकालाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
आन्तरिक समस्याहरू थिए, पार्टीभित्र जुन खालका अराजकता र अनुशासनहीनता देखिए त्यसले परिणामलाई हाम्रो अनुकूल हुन दिएन, निणर्य सुनाउँदै गुरुङले भने, आगामी दिनमा यो अनुशासनहीनता र अराजकताको अन्त्य गरेर चुस्त दुरुस्त निर्वाचनमा जाने निणर्य गरेको छ ।
उनकाअनुसार समितिले छानबिन गरेर कारबाही गर्ने छ । चुनावमा अन्तरघात गर्नेहरूउपर उजुरीहरू परेका छन् । ती उजुरी छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानबिन र कारबाही समिति गठन भएको छ, गुरुङले भने, यो समितिले प्रतिवेदन तयार पार्नेछ र आफै कारबाही गर्न सक्ने छ । समितिमा केन्द्रीय निर्वाचन विभाग र संगठन विभागका प्रमुखहरू रहने उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply