२४ असार २०७९, शुक्रबार १५:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आबेको निधनमा भोलि राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय

२४ असार,काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । आबेमाथि भएको गोली प्रहारलाई नेपालले घोर भर्त्सना पनि गरेको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतले आबेको निधनप्रति दुःख व्यक्त गरेका थिए ।
नारा शहरमा भएको एक चुनावी कार्यक्रममा भाषण गरिरहेको अवस्थामा आज बिहान पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली प्रहार भएपछि गम्भीर घाइते भएका आबेको उपचारका क्रममा निधन भएको हो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply