बुढीगंगाको मतगणना : एमालेको अग्रता कायमै
२६ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनाको हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले नेकपा एमालेसँगको अग्रता घटाएको छ ।
पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरका उम्मेद्वार एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।
गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब १,७११ मत गन्न बाँकी रहेको जनाइएको छ । नगरका १० वडमध्ये आइतबार बिहानसम्म ८ वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply