बुढीगंगाको मतगणना : एमालेको अग्रता कायमै
२६ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनाको हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले नेकपा एमालेसँगको अग्रता घटाएको छ ।
पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरका उम्मेद्वार एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।
गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब १,७११ मत गन्न बाँकी रहेको जनाइएको छ । नगरका १० वडमध्ये आइतबार बिहानसम्म ८ वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply