प्रधानमन्त्री देउवासँग चिनियाँ नेता लिउ जियानचाओको भेट

२६ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गरेका छन् ।
उनले जिम्मेवारी सम्हाले लगत्तै नेपाल भ्रमण गर्नु र यहाँको शीर्ष राजनीतिक नेतृत्वसँग संवाद गर्नुलाई चीनले नेपाललाई प्राथमिकता दिइएको रूपमा विश्लेषण गरिएको छ ।
गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । उनले नेपाल आउनुअघि नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गरेका थिए ।
भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply