प्रधानमन्त्री देउवासँग चिनियाँ नेता लिउ जियानचाओको भेट
२६ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको छ । परराष्ट्रमन्त्री खड्काले जियानचाओको सम्मानमा होटल मेरियटमा रात्रीभोज आयोजना गरेका छन् ।
उनले जिम्मेवारी सम्हाले लगत्तै नेपाल भ्रमण गर्नु र यहाँको शीर्ष राजनीतिक नेतृत्वसँग संवाद गर्नुलाई चीनले नेपाललाई प्राथमिकता दिइएको रूपमा विश्लेषण गरिएको छ ।
गत जुनमा सीपीसीको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन् । उनले नेपाल आउनुअघि नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री खड्कासँग भर्चुअल संवाद गरेका थिए ।
भ्रमणका क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनी बुधबार बिहान चीन फर्किने छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply