लिग टु क्रिकेट : नेपाल नामिबियासँग फेरि पराजित

१ साउन, काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।
नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो ।
यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे ।६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९.५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए ।
अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।
नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।
बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ तथा वसिर अहमदले १ विकेट लिए ।
शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply