महङ्गीविरूद्ध एमाले जनप्रदर्शनको तयारी तीब्र, जनसंगठनलाई तोकियो बिशेष जिम्मेवारी

५ साउन , काठमाडौं । सर्वसाधरणको भान्सा चल्नै नसक्ने गरी भएको चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले) ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार बिभाग प्रमुखहरुको भेलामा यस्तो निर्देशन दिनुभएको हो । एमालेले महंगी र सरकारी बेथितीबिरुद्ध यही साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सो प्रदर्शनलाई प्रभावकारी बनाउन आवश्यक सवै तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।
बैठकमा महासचिव पोखरेलले महङ्गीविरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने वताउनुभयो । जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरिएको छ ।
महासचिव पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महङ्गीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । सो प्रदर्शनका लागि एमाले स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।
समितिमा राष्ट्रिय युवा संघ नेपालका अध्इक्ष किरण पौडेल, अनेरास्वबियु अध्यक्ष सुनिता बराल, जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, अहिले नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल सदस्य हुनुहुन्छ । यसैगरी नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीका अध्यक्ष, उपत्यकाका तीनै जिल्लाका अध्यक्ष, सम्पर्क समन्वय कमिटीका प्रमुख परिचालन कमिटी सदस्य रहनुभएको छ ।
साउन १६ गते २ बजे बशन्तपुरमा भेला भई बृहत प्रदर्शन गर्ने एमालेको योजना रहेको छ । बैठकमा महासचिव पोखरेलले छिटोभन्दा छिटो उपत्यका स्तरीय भेला गरी प्रदर्शनमा आफ्नो पहिचानसहित उपस्थितीको संख्या तय गर्न निर्देशन दिनुभएको छ । आजको बैठकमा उपमहासचिव बिष्णु रिमालसमेत सहभागी हुनुभएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply