महङ्गीविरूद्ध एमाले जनप्रदर्शनको तयारी तीब्र, जनसंगठनलाई तोकियो बिशेष जिम्मेवारी
५ साउन , काठमाडौं । सर्वसाधरणको भान्सा चल्नै नसक्ने गरी भएको चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले) ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार बिभाग प्रमुखहरुको भेलामा यस्तो निर्देशन दिनुभएको हो । एमालेले महंगी र सरकारी बेथितीबिरुद्ध यही साउन १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सो प्रदर्शनलाई प्रभावकारी बनाउन आवश्यक सवै तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।
बैठकमा महासचिव पोखरेलले महङ्गीविरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने वताउनुभयो । जनप्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरिएको छ ।
महासचिव पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले महङ्गीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । सो प्रदर्शनका लागि एमाले स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।
समितिमा राष्ट्रिय युवा संघ नेपालका अध्इक्ष किरण पौडेल, अनेरास्वबियु अध्यक्ष सुनिता बराल, जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, अहिले नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल सदस्य हुनुहुन्छ । यसैगरी नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीका अध्यक्ष, उपत्यकाका तीनै जिल्लाका अध्यक्ष, सम्पर्क समन्वय कमिटीका प्रमुख परिचालन कमिटी सदस्य रहनुभएको छ ।
साउन १६ गते २ बजे बशन्तपुरमा भेला भई बृहत प्रदर्शन गर्ने एमालेको योजना रहेको छ । बैठकमा महासचिव पोखरेलले छिटोभन्दा छिटो उपत्यका स्तरीय भेला गरी प्रदर्शनमा आफ्नो पहिचानसहित उपस्थितीको संख्या तय गर्न निर्देशन दिनुभएको छ । आजको बैठकमा उपमहासचिव बिष्णु रिमालसमेत सहभागी हुनुभएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply