अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित

६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।
थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।
७९ वर्षीय राष्ट्रपति बाइडनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिंदै आएका छन् ।
यसैगरी राष्ट्रपति बाइडनकी पत्नी जिल बाइडनका अनुसार उनी संक्रमित भए पनि स्वास्थ्य अवस्था ठिक छ । आफ्नो कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छिन् ।
राष्ट्रपति बाइडनका चिकित्सक डा. केभिन कोनोरले ट्वीट गरेर राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएको जनाएका छन् । उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
Leave a Reply