१८ श्रावण २०७९, बुधबार १५:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पदका लागि शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरियो : पौडेल
१८ साउन,बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् ।
जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले कम्युनिस्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक केही नभएको जिकिर गरे ।
पौडेलले पदका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको पनि बताए । उनले अग्रज नेताहरूको त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको समेत औंल्याए ।
कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना लगायतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply