एमाले कसैको बुइ चढेर चुनाव लड्दैन : ज्ञवाली

३० साउन, रुकुम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने बताएका छन् । आज प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए ।
यद्यपि, मुद्दा मिल्नेसँग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उनको भनाइ छ । स्थानीय आवश्यकताका आधारमा मुद्दा मिल्नेहरुसंग एकता हुनसक्ने उनले बताए । ‘एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ चुनावपछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ । त्यो पनि जनादेशको हो, परमादेशबाट होइन, उनले भने ।
चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको भन्दै उनले यो सरकारले दीर्घकालिन असर गर्ने र मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नमिल्ने बताएका छन् । प्रदेश संख्या बढाएर १४ पुर्याउनु पर्छ भन्नेदेखि संघीयता खारेजीको पक्षमा रहेकाहरु समेत गठबन्धनमा रहेको भन्दै उपमहासचिव ज्ञवालीले यो गठबन्धनले देशको हित नगर्ने दाबी गरे ।
फरक प्रसंगमा उनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेका छन् । विधेयकमा भएका राम्रा कुरामा एमालेको समर्थन भए पनि अन्य विषयमा थप छलफल गरेर त्रुटी सच्याउनु पर्ने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply