एमाले कसैको बुइ चढेर चुनाव लड्दैन : ज्ञवाली
३० साउन, रुकुम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने बताएका छन् । आज प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए ।
यद्यपि, मुद्दा मिल्नेसँग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उनको भनाइ छ । स्थानीय आवश्यकताका आधारमा मुद्दा मिल्नेहरुसंग एकता हुनसक्ने उनले बताए । ‘एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ चुनावपछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ । त्यो पनि जनादेशको हो, परमादेशबाट होइन, उनले भने ।
चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको भन्दै उनले यो सरकारले दीर्घकालिन असर गर्ने र मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नमिल्ने बताएका छन् । प्रदेश संख्या बढाएर १४ पुर्याउनु पर्छ भन्नेदेखि संघीयता खारेजीको पक्षमा रहेकाहरु समेत गठबन्धनमा रहेको भन्दै उपमहासचिव ज्ञवालीले यो गठबन्धनले देशको हित नगर्ने दाबी गरे ।
फरक प्रसंगमा उनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेका छन् । विधेयकमा भएका राम्रा कुरामा एमालेको समर्थन भए पनि अन्य विषयमा थप छलफल गरेर त्रुटी सच्याउनु पर्ने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply