स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी
३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए ।
मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए ।
गाडीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर खसाल्दा पनि यता बाटोमा प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप भइरहेको छ । स्थानीय वासिन्दाले प्रहरीलाई लक्षित गरेर डुंगामुढा गरेका छन् भने प्रहरीले रबरको गोली र अश्रुग्यास हानेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले घटनाका बारेमा बेलुका मात्रै प्रष्ट थाहा हुने बताए । कति राउण्ड रबर गोली, अश्रु ग्याँस प्रहार भयोे । बेलुका मात्रै थाहा हुने स्थिती रहेको छ । स्थानीयले ढुंगा हानिरहेकोले प्रहरीले बल प्रयोग गरिरहेको छ, उनले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply