एमालेले माओवादीसँग तालमेल नगर्ने, एक्लै गठबन्धनको सामना गर्ने
७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल नगर्ने निष्कर्ष निकालेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
अहिले एमालर्को लोकप्रिय मत ३४ प्रतिशत हो । कांग्रेसको ३३ प्रतिशत र अरुको ८/ १० होला, उनले भने, गठबन्धन भएन भनेर चुनावमा जानै हुँदैन भन्ने होइन । गठबन्धन भएन भने एमाले चुनावमा जाँदै भन्ने होइन । एक्लैले चुनाव लडेर सबै कुराको सामना गर्छ ।
उनले विचार मिल्नेसँग तालमेल हुन सक्ने बताए पनि माओवादीसँगको सम्भावना सकिएको बताएका छन् । सुशासन समृद्धिको अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ, उनले थपे, अब माओवादी र अन्य वाम दलहरुसँगको तालमेल सम्भावना सकिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply